१९ तले बिलासी होटल बनाउँदै सलमान

१९ तले बिलासी होटल बनाउँदै सलमान


अभिनेता सलमान खान सफल अभिनेता र निर्माता नभई एक सफल व्यवसायी पनि हुन् । पहिरन ब्राण्ड बिइङ ह्यूमनका अलावा उनी भौतिक संरचनामा लगानी गर्छन् । 

अब सलमान चाँडै नै मुम्बईमा एक बिलाशी होटल बनाउँदैछन् । उनले बान्द्रास्थित कार्ट रोडमा १९ तलाको होटल बनाउने तयारी गरेका हुन् । उनको होटलको भवन निर्माणका लागि बीएमसीले अनुमति दिइसकेको छ ।

उनले जुन स्थानमा होटल बनाउने तयारी गरेका छन्, त्यहाँ यसअघि स्टारलेट नामको रेजिडेन्सियल सोसाइटी थियो । सलमानले यहाँ होटल बनाउनुअघि सोसाइटीको क्षतिग्रस्त भवनलाई हटाउने छन् ।

उनको होटलमा तीन स्टरीय बेसमेन्ट हुनेछ । पहिलो र दोस्रो तलामा एक क्याफे र रेष्टुराँ रिजर्भका लागि बनाइनेछ । तेस्रो तलामा एक जिम र स्वीमिङ पुल, चौथो तलामा सर्विस फ्लोर, पाँचौं र छैटौं तलामा सभा हल हुनेछ ।

होटलको कोठा सातौं र १९ औं तलाको बीच तलामा हुनेछ । यो होटल सलमानका अभिनेता आमीर खानको घर फ्रीडा वनबाट २ सय मीटरको दुरीमा निर्माण हुँदैछ ।

Logo