योगेश भट्टराईलाई देवेन्द्र पौडेलको जवाफ- डिस्नेरी हेरेर आउनुस्

योगेश भट्टराईलाई देवेन्द्र पौडेलको जवाफ- डिस्नेरी हेरेर आउनुस्


आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्दको विषयले एमाले र माओवादी सांसदबीच सवालजवाफ चलेको छ । 

गत शुक्रबार संघीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममाथि सोमबार प्रतिनिधिसभामा भइरहेको छलफलमा एमाले सांसद योगेश भट्टराई र माओवादी केन्न्द्रका सांसद देवेन्द्र पौडेलबीच सवालजवाफ भएको हो । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले जनयुद्ध शब्दको विषयमा संविधान निर्माणका क्रममा ब्यापक छलफल भएको स्मरण गराउँदै अहिले नीति तथा कार्यक्रममा उक्त शब्द लेखिएकोप्रति आपत्ति जनाए । 

संविधान निर्माणपछि जनयुद्ध शब्द कुनै पनि सरकारी दस्तावेजमा नरहेको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उक्त शब्द वाचन गराइएको भन्दै कांग्रेसको पनि आलोचना गरे । 

उनीपछि नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका माओवादीका सांसद पौडेलले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै डिस्नेरी हेर्न सुझाव दिए । जनता सहभागी भएका आन्दोलन र युद्धलाई नै जनआन्दोलन र जनयुद्ध भनिने भन्दै पौडेलले भट्टराईलाई डिस्नेरी हेर्न सुझाव दिएका हुन् । 

Skip This
Logo