टिकटकमार्फत गाली गरेको भन्दै नर्स आन्दोलनमा

टिकटकमार्फत गाली गरेको भन्दै नर्स आन्दोलनमा


सामाजिक सञ्जालमार्फत समाजसेवी गिभाना मगरले जथाभावी गाली गरेको बिरोधमा नर्सहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमवार बिहान माइतीघर मण्डलामा प्रर्दशन नै गरेका थिए । 

अस्पतालमा भर्ना गरिएका बिरामीलाई २ बजे दिनुपर्ने औषधि ४ बजे दिएको बिरोधमा गिभानाले सामाजिक सञ्जाल टिकटकमार्फत नर्सप्रति आक्रोश व्यक्त गरेकी थिइन् । सोही विरोधमा नर्सहरु माइतीघर मण्डलामा विरोधमा उत्रिएका हुन् । प्रदर्शनमा सहभागी विर अस्पतालका स्टाफ नर्स मनिषा घर्ति मगरले सामाजिक सञ्जालमार्फत गिभनाले गरेको गालीका कारण पेशामाथि दाग लागेकाे दाबी गरिन् । 

गिभनाले अनुमति बिना बिरामीको फोटो र भिडियो सामाजिक सञ्जालमा राखेको हुँदा उनलाई कानूनी कारबाही हुनुपर्ने स्टाफ नर्स मनिषाको भनाई छ । 

उनले भनिन्,‘अनुमति विना भिडियो र फोटो राख्न पाइँदैन । त्यस्तो गतिविधिमा संलग्न विरुद्ध एक बर्ष कैद र १० हजार जरिवाना हुने व्यवस्था छ । गिभनाले गरेको क्रियाकलापले हाम्रो ‘प्रोफेसन’माथि दाग लागेको छ । उनी विरुद्ध कारबाही होस् ।’

प्रदर्शनमा सहभागि ग्रान्डी अस्पतालका स्टाफ नर्स राब्या मल्लले गिभनाले सञ्चालन गरेको टिकटक आईडी तुरुन्त बन्द गरिनुपर्ने बताइन् । नर्सलाई गाली गरेको दाबी गर्दै गिभानाको टिकटक आइडी बन्द गरिनु पर्ने उनको माग छ । 

Logo