आज पनि उकालो लाग्यो सेयर बजार

आज पनि उकालो लाग्यो सेयर बजार


साताको दोस्रो दिन सेयर बजार ८.१० अंकको बढोत्तरी भएर नेप्से परिसूचक १८९१.३१ को विन्दुमा कायम हुन पुगेको छ ।

अघिल्लो दिनको तुलनामा भने साेमबार कारोबार रकम घट्न पुगेको छ । साेमबार सेयर बजारमा ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २७ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  सोल्टी होटलको ६ करोड १७ लाख, ओरियन्टल होटलको ५ करोड ३९ लाख, एनआईसी एसिया बैंकको ४ करोड ८३ लाख र राष्ट्रिय बिमा कम्पनीको ४ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

साेमबार सेयर बजार बढेसँगै आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा साेमबार पनि सर्किट लागेको छ । युनिलिभर नेपाल लिमिटेड, गुडविल फाइनान्स लिमिटेड, सामुदायिक लघुवित्त, मायाखोला हाइड्रोपावर लगायतका अन्य कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

Logo