कुवेतमा रोजगारीका लागि गएका ४२ नेपाली कामदारको मृत्यु

काठमाडौं ।

कुवेतमा काम गर्न गएका मध्ये ४२ जना नेपाली कामदारहरूको मृत्यु भएको छ । सन् २०१९ को एकवर्ष अवधिमा उनीहरुको मृत्यु भएको हो । नेपाली दूतावास कुवेतका अनुसार यसरी मृत्यु हुने मध्ये ३१ जना पुरुष तथा ११ जना महिला रहेका छन् ।

सबैभन्दा धेरै १५ जनाको हृदयघातका कारण मृत्यु भएको दूतावासले जनाएको छ भने सडक दुर्घटनाका कारण पाँच जनाको मृत्यु भएको छ । आगलागी तथा कार्यक्षेत्रमा भएको अन्य दुर्घटनाका कारण सातजना, गम्भीर बिमारीका कारण चार जना, चक्कु प्रहारबाट एक जना र अन्य कारण सातजना नेपाली कामदारहरूले कुवेतमा मृत्यु भएको छ ।

त्यसैगरी कुबेतमा तीनजना नेपाली कामदारहरूले आत्महत्या गरेको पनि दूतावासले जनाएको छ।

सम्बन्धित समाचारहरु

ताजा समाचार