जिम्बावे यात्राका लागि नेपालको प्रारम्भिक टाेली घोषणा

जिम्बावे यात्राका लागि नेपालको प्रारम्भिक टाेली घोषणा


क्यानले जिम्बाब्वे यात्राका लागि २२ खेलाडीको नाम सार्वजनिक गरेको गरेको छ । 

जारी वर्ष जिम्बाब्वेमा आयोजना हुने एकदिवसीय विश्वकपक छनौटका लागि क्यानले २२ खेलाडीको नाम सार्वजनिक गरेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक खेल्न लागिरहेको सो प्रतियोगिताका लागि प्रशिक्षक मोन्टी देसाईले २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका हुन् । 

नेपालले मंगलबारदेखि प्रशिक्षक सुरु गर्नेछ । जिम्बावे यात्राअघि नेपाल अन्तिम तयारी गर्न आगामी साता दक्षिण अफ्रिका जाँदैछ । नेपालले दक्षिण अफ्रिकामा दश दिन तयारी गर्ने तालिका छ । नेपाली टोली प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि दक्षिण अफ्रिकाबाटै जिम्बावे जानेछ ।

दक्षिण अफ्रिका जानुअघि नेपाली टोलीले घरेलु मैदानमै एक साता तयारी गर्नेछ । घरेलु मैदानमा प्रशिक्षण गरेपछि विश्वकप छनोटका लागि नेपालले १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गर्नेछ ।  

जिम्बावेमा आगामी जुन १८ देखि सुरू हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टिमले भाग लिँदैछन् । जिम्बावेमा हुने प्रतियोगिता दुई पटकको च्याम्पियन वेस्ट इन्डिज, पूर्वविजेता श्रीलंकासहित आयरल्यान्ड र जिम्बावेले पनि भाग लिँदैछन् । 

जिम्बावे यात्रामा शिर्ष दुई भित्र पर्ने टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपका लागि छानिनेछ ।

प्रारम्भिक टिम 
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा ।

 

Logo