कौशी थिएटरमा नाटक ‘त्रयम्’ मञ्चन हुने

कौशी थिएटरमा नाटक ‘त्रयम्’ मञ्चन हुने


त्रिपुरेश्वरस्थित कौशी थिएटरमा नाटक ‘त्रयम्’ मञ्चन हुने भएको छ। दीलिप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक आउँदो १२ गतेदेखि मञ्चन हुने भएको हो।

नाटक थिएटर भिलेजले निर्माण गरेको हो। थिएटर भिलेजले हालसालै ‘पल्पसा क्याफे’ र ‘दि कन्फेसन’ जस्ता नाटक निर्माण गरेको थियो। निर्देशक दीलिप रानाभाटले नाटक एकवर्ष पहिला किङ्स कलेजमा पढाउने सिलसिलामा तयार गरेको बताए।

‘यो विषय लामो समयदेखि बोकिरहेको थिएँ । एक वर्ष पहिला किङ्स कलेजमा थिएटर पढाउँदा यसलाई थोरै विकास पनि गरेको थिए । तर त्यो दर्शकसम्म पुगेको थिएन्।

यसपल्ट मौका जुर्दैछ’, उनको भनाइ छ, ‘यहाँ उठिरहेका विषय मेरो नजिकका धेरै महिलाहरूले भोगेका विषय हुन् । कतिले मलाई सुनाएका छन् । कतिले नभनी पनि मैले बुझेको छु । यो नाटकले तपाईँहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ ।’

तीन नारी पात्रको वरिपरि घुम्ने नाटकमा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यको मुख्य भूमिकामा अभिनय रहनेछ । उनीहरुको साथमा श्रवण रानामगर र नाथन रायन भण्डारीको समेत अभिनय रहनेछ । २८ गतेसम्म चल्ने नाटक दीलिप रानाभाटकै परिकल्पनामा तयार भइरहेको नाटक निर्माणमा पर्दा पछाडि रहेर आयुष्मा खरेलले सघाएकी छिन् । 

Skip This
Logo