तरकारी र फलफूलको मूल्य आज कति ?

तरकारी र फलफूलको मूल्य आज कति ?


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, रातो आलु(मुडे) ३६ रुपैयाँ, सेतो आलु २९ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, सुकेको प्याज ३५,रुपैयाँ ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी ३०, राजमा घिउ सिमी ९०, लोकल सिमी ४०, भटमासकोशा ११०, मटरकोशा १७०, तिते करेला ३०,लौका ४०,परवल ८०,पाकेको फर्सी ४०, घिरौंला ५०,भिण्डी ६०, सलगम ७०, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो २००,ब्रोकाउली ७०, तोफु११०, बरेला १२० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। 

चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो लसुन ११०, हरियो प्याज ७०, रायो साग ४०, धनियाँ ७० रुपैयाँ प्रतिकेजी तोकिएको छ। 

त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३२० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०,भारतीय दसहरी आँप २२०,मौसम १५०, अनार २५०,केरा दर्जनको १५०, फूजी स्याउ २५०,आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरको छ। 

Logo