काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जित

काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जित


भारतले सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ मा लगातार दोस्रो जित हात पारेको छ । 

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा कीर्गिस्तानमाथि ३–० को सोझो सेटको जित निकाल्दै भारत सेमिफाइनलनजिक पुगेको हो । भारतले पहिलो सेट २५–१७ ले जित्दा दोस्रोमा २५–८ र तेस्रोमा २५–८ को जित हात पारेको हो । 

सोमबार पहिलो खेलमा भारतले बंगलादेशमाथि ३–० को सोझो सेटको जित हासिल गरेको थियो । लगातार दोस्रो जितसँगै भारतले समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलकाे सम्भावनालाई बलियो बनाएको हो ।

जारी प्रतियोगितामा ८ टोली सहभागि छन्, जसलाई २ समूहमा बाँडिएको छ । समूह ‘ए’ मा घरेलु टोली नेपाल सहित भारत, बंगलादेश र किर्गिस्तान तथा समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।

Logo