जसपालाई समेट्दै प्रधानमन्त्री प्रचण्डले दिए सरकारलाई पूर्णता, को-को बने मन्त्री ?

जसपालाई समेट्दै प्रधानमन्त्री प्रचण्डले दिए सरकारलाई पूर्णता, को-को बने मन्त्री ?


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी (जसपा)लाई समेट्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

मंगलबार प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । जसमा वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकिएको छ । योसँगै प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ ।

हेर्नुहोस्, राष्ट्रपति कार्यालयको विज्ञप्ति-

 

Logo