सेयर बजारमा उच्च अंकको वृद्धि

सेयर बजारमा उच्च अंकको वृद्धि


कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ५१ दशमलव ३१ अंकले बढेर एक हजार ९४२ दशमलव ६३ विन्दुमा बन्द भएको हो । 

सेयरबजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार २ अर्ब २० करोड २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार कारोबार भएका २१९ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीकोे सेयरमूल्य घटेको छ । यसका साथै एक कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । ४ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

मंगलबार खप्तड लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि ९ दशमलव ९९ प्रतिशतले बढेको छ । 
त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको मंगलबार १० करोड ५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो  ।

Logo