भारत भ्रमणमा दुई देशबीचको समस्या समाधानमा कुरा हुन्छः प्रम प्रचण्ड

भारत भ्रमणमा दुई देशबीचको समस्या समाधानमा कुरा हुन्छः प्रम प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको दौरानमा भारतीय समकक्षीसंग दुई देशबीचको समस्या समाधानका लागि ठोस कुरा हुने बताएका छन्। 

सरकारको नीति तथा कार्यक्रममाथि उठेको सवालको राष्ट्रिय सभामा जवाफ दिदैं प्रधानमन्त्री प्रचण्डले भ्रमणको दौरानमा नेपाल भारत सम्बन्धमा रहेका समस्याको समाधानको कुरा पनि हुने बताए । 

उनले भने, ‘भारतीय प्रधानमन्त्रीसंग प्रधानमन्त्रीको लेवलमा कुराकानी हुन्छ । र, हामीले राष्ट्रिय हितसंग सम्बन्धित विषयलाई प्रष्टसंग नेपाल भारत सम्बन्धमा रहेका समस्या समाधानको कुरा पनि गर्छौ । यो पटक भारत भ्रमणमा मल कारखाना स्थापना गर्ने विषयमा पनि ठोस कुरा गर्दै छौं ।’

Skip This
Logo