एमालेलाई भ्रष्टाचार प्यारो हुनै नसक्ने अध्यक्ष ओलीको दावी

एमालेलाई भ्रष्टाचार प्यारो हुनै नसक्ने अध्यक्ष ओलीको दावी


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै पनि प्रकारको भ्रष्टाचारमा संलग्न नभएकाे दाबी गरेका छन् । 

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भ्रष्टाचार देश, जनता, विकास र इमानको शत्रु भएको भन्दै एमाले इमान नभएको पार्टी नभएको बताएका हुन् । उनले एमालेलाई भ्रष्टाचार प्यारो हुनै नसक्ने भन्दै एमालेभित्र रहेर पार्टीकाे आदर्श विपरित उद्देश्यहरुलाई प्रभाव पर्छ भने त्यस्तोमा कारवाही गर्न आफूहरु आफै अगाडि बढ्ने बताए । 

अध्यक्ष ओलीले भने, 'भुटानी शरणार्थीका नाउमा मानिस विदेश पठाउने कुरामा एकमुष्ठमा भन्न चाहन्छु नेकपा एमाले त्यसमा संलग्न थिएन, छैन, हुने छैन । नेकपा एमाले कुनै भ्रष्टाचारमा संलग्न थिएन । यदि कसैले नेकपा एमालेभित्र रहेर नेकपा एमालेको आदर्श, यसका मूल्य मान्यता विपरित, उद्देश्यहरुलाई प्रभाव पर्छ भने यस्तो कुनै प्रकारका क्रियाकलाप कसैले गर्छ भने नेकपा एमाले त्यस्तोमा कारवाही गर्न अगाडि बढ्छ ।' 

बद्नियतपूर्ण, षड्यन्त्रपूर्ण र राज्य सत्ताको दुरुपयोग गरेर नेकपा एमालेका विरुद्ध अनुचित ढङ्गले प्रहार केन्द्रित गर्न खोजिरहेको भन्दै त्यसको क्षति व्यहोर्नु परेपनि शीर निहुराएर ह््यानसअप गरेर नचल्ने अध्यक्ष ओलीले बताए । 

Skip This
Logo