शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप २ दिन हिरासतमा राख्न अनुमति

शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप २ दिन हिरासतमा राख्न अनुमति


नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ ।

जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

हालसम्म प्रहरीले घटनामा संलग्न भएको अभियोगमा रायमाझी, खाँणसहित तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, खाणका तत्कालीन स्वीकय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर थुलुङ राई, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा पोखरेल, सुनसरीका गोविन्द चौधरी, काठमाडौंका रामशरण केसी पक्राउ परेका छन् । 

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगेको थियाे । हालसम्म नक्कली शरणार्थीका नाममा ठगि भएको भन्दै एक सय १२ पीडितले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुद्यामा २७ करो

Logo