अमेरिकाले नेपाललाई बर्वाद बनाएको सांसद ज्ञानेन्द्र शाहीको आरोप

अमेरिकाले नेपाललाई बर्वाद बनाएको सांसद ज्ञानेन्द्र शाहीको आरोप


राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अमेरिकाले यो देश बर्वाद बनाएको आरोप लगाएका छन् । 

मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीसंग कुरा गर्दै सांसद शाहीले अमेरिकाले नेपालमा लगातार अशान्ति फैल्याउन लागिपरेको दावी गरेका हुन् । राप्रपाले नेपालमा हिन्दू धर्मको रक्षार्थ भारतको सत्ताधारी दल भारतीय जनता पार्टी बीजेपीका सहयोगी समूहबाट पैसा खान्छ भनेर लगाएको आरोपमा कुनै सत्यता नभएको दावी पनि गरे । 

उनले भने, ‘अमेरिकाले भन्यो भन्दैमा विश्वास मान्नु पर्ने भन्ने के छ ? त्यही अमेरिकाले देश वर्वाद बनायो । एनजिओ आईएनजिओ ल्याएर,धर्मान्तरण गराएर हामी नेपालीहरु त्यहाँ गएर भाँडा माझ्ने अवस्था आएको छ । उसले चीनबाट तिब्बतलाई छुट्टाएर नेपालमा हिंसा मच्चाएर ५२ सालबाट अशान्ति फैलायो । प्रत्यक्ष अप्रत्यक्ष रुपमा उसले सहयोग ग-यो । त्यसको योजना असफल हुने जस्तो देखिएपछि एउटा विज्ञप्ति निकालेर जनतालाई भ्रमित पारौं भन्ने छ । उसैले पालेको पत्रकारहरु पनि यो देशमा छन् ।’  

Logo