ए डिभिजन लिगमा आज तीन खेल हुँदै

ए डिभिजन लिगमा आज तीन खेल हुँदै


सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन्।

लिगको दोस्रो लेगको आठौँ चरण अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन्। जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र एनआरटीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल र मछिन्द्रबीचको खेल साँझ ६ बजे सुरु  हुनेछ ।

यस्तै च्यासल मैदानमा एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

Logo