संसदमा चन्द्र भण्डारीले भने- ‘व्यवहारिक प्रयोगको शिक्षा नेपालमा अति कमजोर भयाे’

संसदमा चन्द्र भण्डारीले भने- ‘व्यवहारिक प्रयोगको शिक्षा नेपालमा अति कमजोर भयाे’


नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले व्यवहारिक प्रयोगको शिक्षाको विषयमा नेपाली पाठ्यक्रम अति कमजोर भएको बताएका छन् । 

गत पुष ३ गते खाना पकाउने ग्यास लिग हुँदा भएको आगलागीबाट जले गम्भीर घाइते भएका सांसद भण्डारी उपचारपछि पहिलो पटक प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् । उनले विज्ञानले गरेको विकासको प्रयोगको बारेमा हरेकलाई जानकारी गराउन आवश्यक भएको बताए । 

आफूले भोगेको पीडा र उपचारपछि अवस्थाको अनुभव सुनाउँदै सांसद भण्डारीले भने ‘अहिले जलन केस देशभरि फैलिएको छ, हामीले जसरी विज्ञानको विकास ग-यौँ गाउँ गाउँमा ग्यास पुग्यो, गाउँ गाउँमा विजुली पुग्यो तर हामीले के गर्नुहुन्छ के गर्नुहुन्न भन्ने कुरा पाठ्य पुस्तकमा पनि राख्न सकेनौं । विश्वमा बच्चाहरु रोड क्रस गर्दा कसरी गर्ने वा ग्यास कसरी बाल्ने, विजुली कसरी बाल्ने भन्ने बारेमा आफ्नो देशको पाठ्यपुस्तकमा  पढ्न पाउँछन् । तर हाम्रो विज्ञहरु, आर्थिक ज्ञाताहरु र नीति निर्माताहरु कसैलाई पनि यो कुरामा ध्यान गएन ।’ 

Skip This
Logo