बुवा केयर र नेपाल ल्याब हाउसबीच सम्झौता

बुवा केयर र नेपाल ल्याब हाउसबीच सम्झौता


बुवा केयर प्रालीले आफ्ना सम्पूर्ण सदस्यहरुको गुणस्तरीय स्वास्थ्य चेकअप गर्नको लागी नेपाल ल्याव हाउससँग औपचारिकरुपमा सहमति गरेको छ ।

कम्पनीले २०८० वैशाख १ गते देखि औपचारिक रुपमा आफ्नो सेवा शुरुवात गरेको हो । सहमति अनुसार बुवा केयरका सदस्यहरुको सम्पूर्ण प्याथलोजिकल चेकअप नेपाल ल्यावमा विशेष सहुलियतमा जाँच गरिने भएको छ । साथै, बुवा केयरले लिएको उद्देश्यमा ऐक्यवद्दता जनाँउदै सहज तथा सर्वसुलभ सेवा विस्तार तथा सम्पुर्ण सदस्यहरुलाई मध्यनजर गर्दै निकट भविष्यमा सञ्चालन हुने नि:शुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि नेपाल ल्याव हाउसले बुवा केयरलाई सहयोग गर्ने जनाएको छ ।

कार्यक्रममा बुवा केयरका तर्फबाट अध्यक्ष डा. अनाम प्याकुरेल तथा नेपाल ल्यावका तर्फबाट डा.विदुर अ‍ोस्थीले हस्ताक्षर गरेका हुन् ।

नेपाल ल्याबले अत्याधुनिक प्रविधिबाट गुणस्तरिय प्याथलोजिकल जाँच सेवा दिँदै आइरहेको छ । 

Skip This
Logo