धनुषामा एकैदिन चोरी गर्ने २७ जना पक्राउ

धनुषामा एकैदिन चोरी गर्ने २७ जना पक्राउ


धनुषा प्रहरीले विभिन्न सरसामान देखि मोटरसाईकलसम्म चोरी गर्ने २७ जनालाई एकै दिन सार्वजनिक गरेको छ ।

बुधवार जिल्लाको विभिन्न स्थानमा विभिन्न मितिमा चोरी गरेको आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो  ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार चालु आर्थिक वर्षमा हालसम्ममा जिल्ला प्रहरी कार्यालय र मातहतको कार्यालयमा ९६ वटा चोरीको मुद्दा दर्ता हुँदा ९७ जना पक्राउ परेका छन् । यस्तै चोरीमा पक्राउ परेपनि पीडितले जाहेरी दिन नमानेपछि ३३० वटा अभद्र व्यवहारमा मुद्दा दायर गरिएको प्रवक्ता गौतमले जानकारी दिए  । 

सो मुद्दामा प्रहरीले ४ सय जनालाई नियन्त्रणमा लिएको हो । 

त्यस्तै, धनुषाका प्रहरी उपरिक्षक विश्व राज खड्काले विशेष टोलीले २४ औं घण्टा जिल्लाभरिका भिड हुने ठाँउ, सरकारी कार्यालय, बजार, चोक र अस्पताल क्षेत्रमा निगरानी गर्ने गरेको जानकारी दिए । उनले चोरीको घट्ना धेरै बढ्दै गएकोले सबैलाई सचेत भएर बस्न आग्रहसमेत गरे ।

Logo