विवेकशील नेपाली दलको मकाउ ईकाई गठन

विवेकशील नेपाली दलको मकाउ ईकाई गठन


तिलु शर्मा पौडेल
दोहा कतार ।

विवेकशील नेपाली दलले प्रवासमा आफ्ना शाखा बिस्तारलाई तिब्रता दिएको छ । यसै क्रममा प्रवास समितिको १४ औ‌ शाखाको रुपमा विवेकशील नेपाली मकाउ गठन गरेको दलका प्रवास समितीका अध्यक्ष संजय रिमालले घोषणा गरेका थिए । कोरोनाका कारण केही समय सुस्ताएको दलले नयाँ ईकाईलाई आफ्नो अभियानको नयाँ ईट्टाको रुपमा लिएको जनाएको छ ।

अनिश क्षेत्रीको अध्यक्षतामा गठित ईकाईको कार्य समितिमा ४ पदाधिकारी समिति, १ सल्लाहकार र ६ सदस्य समिति रहने गरी ११ जनाको समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा बालगोपाल कार्की, सचिव शमशेर थापा, कोषाध्यक्ष ग्रीष्म गिरी सल्लाहकार रूवेल गिरी रहेका छन् भने सदस्य समितिमा हर्कबहादुर गुरूङ, प्रेम पण्डित, सन्तोष थापा, राजकुमार घले, रिक्की बराल र विजय कुमार रहेका छन् ।

विश्वका बिभिन्न देशहरुमा ईकाई खोल्ने निती बमोजिम बिस्तार कार्यलाई तिव्रता दिईएको र अन्य देशहरुमा पनि ईकाई खोल्ने तयारी भैरहेको प्रवासका नेता सुरेश भट्टले जानकारी दिएका छन् । दलले प्रवासमा अप्ठ्यारोमा परेका श्रमिकका मुद्दाहरुमा केन्द्रीत रहेर कार्य गर्ने गरेको छ ।

Logo