#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व109520858795808242228171
नेपाल6051

साँखु मालपोतका नासु कुइँकेल दुई हजार घुससहित पक्राउ

File Photo

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय साँखुमा कार्यरत नायब सुब्बा रामेश्वर कुइँकेललाई सेवाग्राहीसँग दुई हजार घुस लिँदालिँदै नियन्त्रणमा लिएको छ । टङ्गालस्थित आयोगको कार्यालयबाट खटिइएको टोलीले उनीसँगै लेखापढी व्यवसायी श्रीराम सापकोटालाई पनि नियन्त्रणमा लिएको हो ।

कुइँकेलले सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरेबापत उक्त रकम घुस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यस्तै आयोगले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिए बापत सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक हेमन्त केसीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । निजले सात हजार घुस लिई ती व्यक्तिलाई छुटाएको आयोगले जनाएको छ ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार