मोडलिङमा रमाउने कविता रायको फोटोसेसन

मोडलिङमा रमाउने कविता रायको फोटोसेसन


पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, कविता रोय । 

गायक प्रताप दासको केही वर्ष अगाडि सार्वजनिक भएको ‘कसलाई सानु भनी बोलाउँला’ बोलको गीतबाट मोडलिङ यात्रा सुरु गरेकी कविताले अहिलेसम्म दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । 

हसिलो स्वभाव भएकी सप्तरीकी कविताको सानैदेखि कलाकारितामा रुचि थियो, जसमा उनलाई परिवारको साथ र समर्थन पनि रह्यो । सायद त्यसैले पनि होला उनी कलाकारितालाई व्यवसाय बनाउने सोचमा लागिपरेकी छिन् । उनको अर्को सपना फेसन डिजाइनिङ पनि हो । 

काठमाडौँ आएको समयमा नेपाल नेक्ट्ससप मोडल सिजन -३ को अडिसनमा सहभागी भएकी उनी त्यसपछि भने कलाकारिता क्षेत्रमा लत नै बसेको बताउँछिन् । 

चर्चित अभिनेता पल शाहसँग ‘तिमी छौं र म, ओ साजन, ओ साजन २, हेरेर तिमीलाई’ बोलका गीतमा सँगै काम गरेपछि दर्शकमाझ उनको लोकप्रियताले उचाई लिएको थियो । पछिल्लोसमय उनकाे ‘मायामा यस्तो किन, बेग्लै संसार’लगायत भिडियो पनि सार्वजनिक भइसकेका छन् । 

अब पल र कविताको जोडी म्युजिक भिडियोबाट चलचित्र यात्राको तयारीमा छ ।  शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म  ‘ओ सजन’मा उनीहरुको जोडी देखिने बताइएको छ ।  ‘ओ सजन’  गीतझैं फिल्म पनि थारु समुदायको कथामा निर्माण हुन लागेको हो । पलले यो फिल्म कानुनी झमेलामा फस्नुअघि नै सम्झौता गरेका थिए ।  

आफूलाई सिम्पल केटीको रुपमा आफूलाई बुझ्न अरुलाई अनुरोध गर्ने उनी फेसनमा पनि त्यति चुजी छैनन् । तर, उनी कुर्था सुरुवालमा आफू क्युट र निर्दोष देखिने बताउँछिन् । मीठो बोल्ने,अरूको कुरातिर ध्यान दिने, मिलनसार, सबै कुरामा सपोर्ट गर्ने खालको केटा बन पराउने उनी अहिलेसम्म सिङ्गल रहेको र करियर बनाउनमै समय खर्चिएको बताउँछिन् ।  

Logo