प्रज्ञा प्रतिष्ठानको १०० दिनको काम र आगामी नीति तथा कार्यक्रम सार्वजनिक

प्रज्ञा प्रतिष्ठानको १०० दिनको काम र आगामी नीति तथा कार्यक्रम सार्वजनिक


नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रतिष्ठानबाट सम्पादन गरिएका १०० दिनको मुख्य काम तथा आगामी नीति र कार्यक्रमहरू सार्वजनिक गरेको छ । शुक्रवार प्रतिष्ठानमा पत्रकार सम्मेलन गरी भए गरेका काम तथा आगामी नीति र कार्यक्रमहरू सार्वजनिक गरिएको हो । 

सदस्य सचिव डा.धनप्रसाद सुवेदी कुनै पनि नयाँ काम थालेको १०० दिनसम्म सम्बन्धित कामका बारेमा थाहा पाउने अवधिका रूपमा लिने आम प्रचलन रहेको बताए । त्यसैलाई आत्मसाथ गर्दै प्रतिष्ठानबाट सम्पादन गरिएका मुख्य काम तथा आगामी नीति र कार्यक्रमहरू सार्वजनिक गरेको जानकारी दिए । 

उनले भने, ‘प्रधानमन्त्रीज्यूबाट नेपाल प्रज्ञा–प्रतिष्ठानको रिक्त प्राज्ञ सभा तथा परिषद्को पदपूर्ति गरिएसँगै नेपाल प्रज्ञा–प्रतिष्ठानको वर्तमान नेतृत्वले कार्यभार सम्हालेको १०० दिन पुगेको छ । कुनै पनि नयाँ काम थालेको १०० दिनसम्म सम्बन्धित कामका बारेमा थाहा पाउने अवधिका रूपमा लिने आम प्रचलन छ । यही प्रचलनलाई आत्मसाथ गर्दै यस अवसरमा प्रतिष्ठानबाट सम्पादन गरिएका मुख्य मुख्य काम तथा आगामी नीति र कार्यक्रमहरू सार्वजनिक गर्नका लागि यो सम्मेलनको आयोजना गरिएको हो ।’

सदस्य सचिव सुवेदीले पूर्वाग्रहबाट प्रेरित भएकाहरूले प्रतिष्ठान विरुद्ध निराधार र भ्रामक प्रचार गरिरहेको भन्दै आपत्ति जनाए । सत्यलाई तोडमोड गरी दुष्प्रचार गर्ने प्रवृत्ति सञ्चारका नाममा विकृति मात्रै नभएर अपराध भएकाले यस्तो प्रवृत्तिका विरुद्ध आम सञ्चार जगत् र प्राज्ञिक जगत सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । 

उनले भने, ‘पुरातनवादी चिन्तन, प्रवृत्ति र पूर्वाग्रहबाट प्रेरित भएकाहरू हाम्रा विरुद्ध निराधार र भ्रामक प्रचार गरिरहेका छन् । स्मरण रहोस् सत्यलाई तोडमोड गरी दुष्प्रचार गर्ने प्रवृत्ति सञ्चारका नाममा विकृति मात्रै नभएर अपराध पनि हो । यसले आम सञ्चार क्षेत्रको गरिमा, महत्त्व र विश्वसनियत गुमाउँछ त्यसैले यस्तो प्रवृत्तिका विरुद्ध आम सञ्चार जगत् र प्राज्ञिक जगत सचेत हुन आवश्यक छ ।’

Skip This
Logo