रेशम चौधरीको सजाय मिनाहा गर्न ‘किन्तु परन्तु’ नगरौँ : बाबुराम भट्टराई

रेशम चौधरीको सजाय मिनाहा गर्न ‘किन्तु परन्तु’ नगरौँ : बाबुराम भट्टराई


नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलाई माफी दिन ढिला गर्न नहुने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत डा.भट्टराईले रेशमलाई माफी दिन ढिला गर्न नहुने बताएका हुन्।

यस्तै, उनले नागरिकता विधेयक जारी गर्न ढिला गर्न नहुने समेत बताएका छन् । उनले हजारौँको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न किन्तु परन्तु गर्न नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधान: कानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौँको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौं।लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः : जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौँ ।’

 

Logo