उत्तरी चीनमा पटाका विस्फोट हुँदा चार जनाको मृत्यु

उत्तरी चीनमा पटाका विस्फोट हुँदा चार जनाको मृत्यु


उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा चारजनाको मृत्यु भएको छ। दुईजना बेपत्ता भएका छन् ।

सो विस्फोट दिउँसो ४ बजे भएको थियो । उक्त समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना संकलन गरेर परीक्षण गरिरहेका थिए ।  हालसम्म नौ जनाको उद्धार गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

Logo