कांग्रेसलाई स्वस्थ आलोचना चाहिन्छ : सभापति देउवा

कांग्रेसलाई स्वस्थ आलोचना चाहिन्छ : सभापति देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी लाई स्वस्थ आलोचना आवश्यक रहेको बताएका  छन्।

नेपाल प्रेस युनियको ३२औँ स्थापना दिवसको अवसरमा शनिबार काठमाडौँको थापागाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले स्वस्थ आलोचनाले नै झन काम गर्न उत्साह दिने बताए। 

उनले भने, ’आलोचना गर्नुस्, कांग्रेसलाई आलोचना चाहिन्छ,आलोचना अलि दुषित हुन्छ, स्वच्छ आलोचनाले अझ बढी काम गर्न उत्साह हुन्छ। तर स्वस्थ आलोचना गर्नुस्, अहिले देशमा र राष्ट्रमा ठूलो चुनौतीहरु छ। प्रजातन्त्रकोविरुद्ध पनि धेरै छन्, सबै मिलेर प्रजातन्त्रलाई सुदृढ गरेर लैजानुपर्छ। प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो।’ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको भन्दै सबै मिलेर प्रजातन्त्रलाई सुदृढ गरेर लैजानु पर्ने उनको भनाइ छ। 

Logo