प्रधानमन्त्री प्रचण्डकाे खुलासाः ‘शरणार्थी प्रकरणभन्दा ठूलो केश बाहिर ल्याउँदै छु’

प्रधानमन्त्री प्रचण्डकाे खुलासाः ‘शरणार्थी प्रकरणभन्दा ठूलो केश बाहिर ल्याउँदै छु’


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विकृति विसंगति र भ्रष्टाचारको विरुद्धको लडाईमा जनयुद्धको समयको जस्तो मानसिकता बनाएर लागेको बताएका छन् । 

उनले अहिले छानविन भइरहेको शरणार्थी प्रकरण भन्दा ठूलो केश बाहिर ल्याउन लागेको खुलासा पनि गरे ।  शनिवार २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तो मानसिकता बनाएर हाम्फालेको बताएका हुन् । 

उनले भने,‘जस्तोसुकै समस्या परेपनि भ्रष्टाचार र वेथितिको विरुद्ध लडाई चलाउने जनयुद्धको बेलामा जुन संकल्पबाट हाम फालिएको थियो अहिले विसंगति र भ्रष्टाचार विरुद्धको लडाईमा म त्यहि मानसिकताको साथ अनुभव गर्दै छु ।’ 

जनयुद्धको लडाई सुरु गर्दा जिउने र मर्ने ठेगान नभएको जस्तै मृत्युवरण गरेर हाम फालेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको लडाई पनि त्यस्तै भएको र अब छिट्टै नै यो भन्दा ठूलो केश बाहिर ल्याउने बताए । 

Logo