पत्रकारहरुको व्यवसायिक सुरक्षाको विषय पेचिलो बन्दैछः अध्यक्ष पोखरेल

पत्रकारहरुको व्यवसायिक सुरक्षाको विषय पेचिलो बन्दैछः अध्यक्ष पोखरेल


नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारहरुको व्यवसायिक सुरक्षाको सवाल पेचिलो बन्दै गएको बताएका छन् । 

शनिवार काठमाडौंमा नेपाल प्रेस युनियको ३२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष पोखरेलले अझै श्रमजीवि पत्रकारहरु समस्याको भूमरीमा परेको भन्दै फरक ढंगले प्रेस आन्दोलनमा उत्रिन आवश्यक रहेको टिप्पणी गरे ।

आर्थिक संकटको नाममा श्रमजीविलाई मारमा पार्ने प्रवृति बढेको उनको गुनासो छ । 

उनले भने, ‘आज नेपाली प्रेसका तमाम मुद्धाहरु छन् । अझै श्रमजीवि पत्रकारहरुको व्यवसायिक सुरक्षाको सवाल पेचिलो बन्दै गईरहेको छ । समस्याको भूमरीमा हामी परिराखेको छौं । यो बेला नेपाली प्रेसले फरक ढंगले आन्दोलन गर्न जरुरी छ । एकतावद्ध साझा अभियान थाल्न जरुरी छ । आर्थिक संकटको नाममा संचार संथाहरु कमजोर छ भन्ने नाममा श्रमजीविलाई मारमा पार्ने प्रवृति बढेको छ ।’ 

उनले सामाजिक संजालको बढ्दो प्रयोगले समाजमा अप्रमाणित र खराब भाष्य स्थापित हुँदै गएको भन्दै आपत्ति जनाए ।

Logo