बैंगलाेर उडेको जहाज पुनः काठमाडौं फर्कियो, चरा ठोक्किएको आशंका

बैंगलाेर उडेको जहाज पुनः काठमाडौं फर्कियो, चरा ठोक्किएको आशंका


काठमाडौंबाट भारतको बैंगलाेरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको छ ।

अपरान्ह १ः३०  मिनेटमा बैंगलाेर उडेकाे आरए २२५ कलसाइनको जहाज पुनः नेपालतर्फ नै फर्किएको हो ।  विमानमा १५६ जना यात्रु सवार थिए ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ । जहाजमा चरा ठोक्किएको आशंकामा प्राविधिक निरीक्षण जारी रहेकाे बताइएकाे छ । 

Logo