मधेशमा महिला स्कुल खोल्न र तेस्रो लिंगीको सम्मान गर्न सांसद अन्सारीको माग

मधेशमा महिला स्कुल खोल्न र तेस्रो लिंगीको सम्मान गर्न सांसद अन्सारीको माग


जनता समाजवादी पार्टी जसपाकी सांसद मञ्जु शर्मा अन्सारीले नेपाली जनताले परम्परागत कृषिलाई छोडेर नगदे बालीमा ध्यान दिनुपर्ने बताएकी छन् ।

शनिवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अन्सारीले देशमा आर्थिक संकट छाएको हुनाले यस्तो अवस्थामा परम्परागत कृषिलाई छोडेर नगदे बाली तर्फ लाग्नुपर्ने बताएकी हुन् । 

उनले भनिन्, 'यो देश कृषिप्रधान देश भएको हुनाले हामीले परम्परागत कृषिलाई छोडेर नगदे बालीमा ध्यान दिनुपर्छ । यसले अर्थ संकलनमा मद्दत गर्न सक्छ । कृषिलाई पनि टेवा पु-याउँछ, घर घरमा मल निमार्ण गर्नको लागि टेन्डरको व्यवस्था गर्ने जसले गर्दा मलको लागि सहज हुन्छ ।' 

सांसद अन्सारीले बन्द गरेको उद्योग खोल्ने सरकारको प्रतिबद्धताको प्रशंसा पनि गरिन् । उनले मधेशमा महिलाहरुको लागि महिला स्कुलको निमार्ण गर्ने र तेस्रो लिङ्गीहरुको लागि सम्मान साथ समाजमा बस्न पाउने व्यवस्था गर्न पनि सरकारसंग माग गरिन् । 

Skip This
Logo