रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषदद्वारा राष्ट्रपतिसमक्ष सिफारिस

रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषदद्वारा राष्ट्रपतिसमक्ष सिफारिस


मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे । 

सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने सरकारको योजना छ।  यसअघि जेठ १२ मा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफी सम्बन्धी प्रस्ताव  गृह मन्त्रालयमा फिर्ता पठाएका थिए । यस्तै, बैठकले हाल बन्दी जीवन बिताइरहेका विभिन्न व्यक्तिहरूलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ।

Logo