शक्तिमा रहेका दलहरुको चेत अझै खुलेनः सांसद देवकोटा

शक्तिमा रहेका दलहरुको चेत अझै खुलेनः सांसद देवकोटा


सांसद खिमलाल देवकोटाले शक्तिमा रहेका दलहरुको चेत अझै पनि नखुलेको धारणा राखेका छन् । 

आईतबार संघीय संसदको संयुक्त बैठक पेश भएको संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफलमा भाग लिदैं राष्ट्रियसभा सदस्य देवकोटाले साना दल र राष्ट्रिय सभाप्रति अनुदार रहेको दावी गरे ।

उनले संघीयता कार्यान्वयनलाई पनि नियमावली नजर अन्दाज गरेको जिकिर गर्दै संघीय सरकारका मन्त्रीहरुले आफ्नो अधिकार विकेन्द्रीत गर्न नचाहेको प्रष्ट देखिएको बताए । 

सांसद देवकोटाले भने, ‘गत वर्षको स्थानीय तहको चुनावको परिणम आएपछि पुराना राजननीकि दलहरु सुध्रिएनन् भने कयौं बालेन शाह र हर्क सम्पाङहरु यो मुलुकमा जन्मने छन् भनेर संसदमा बोलैको थिए, जो अहिले देखिएकै छ । ’ 

उनले यो नियमावलीमा स्वतन्त्र र साना राजनीतिक दलहरुलाई निषेध गर्ने किसिमले आएको जिकिर गरे । उनले राष्ट्रिय सभालाई पनि नजरअन्दाज गरिएको दावी गरे । 

सांसद देवकोटाले भने, ‘परिमार्जित यो नियमावली साविकको भन्दा अलि उत्कृष्ट हुनुपर्ने हो । तर मैले त्यस्तो देखिन । विना सांसदीय सुनुवाई , संवैधानिक परिषदका पदाधिकारि लगायतको नियुक्ति स्वत सदर हुने किसिमको पुरानै व्यवस्था छ । यसमा दलहरुले ध्यान दिएको खै ? मन्त्रीको कुर्सी यति बलियो रहेछ, उनीहरु हल्लन पनि चाहँदैनन् ।’ 

Logo