नयाँ भवन निर्माण नगरिने

नयाँ भवन निर्माण नगरिने


अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ भवन निर्माण नगरिने घोषणा गरेका छन् ।

आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सबैखाले प्रोत्साहन भत्ता खारेज गर्नेसमेत जनाएका छन् ।

‘स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छु,’ अर्थमन्त्री महतले भने, ‘नयाँ सवारी साधन र फर्निचर तथा फर्निसिङ खरिद गरिने छैन । आगामी आर्थिक वर्षमा अत्यावश्यक बाहेक नयाँ भवन निर्माण गरिने छैन ।’

उनका अनुसार इन्धन, कार्यालयसम्बन्धी सामान लगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिनेछ । नेपाल सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई निरुत्साहित गरिनेछ ।

Skip This
Logo