सरकारद्वारा वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट विनियोजन

सरकारद्वारा वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट विनियोजन


सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री डा प्रकाशशरण महतले आज संघीय संसदमा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै वन, जैविक विविधता र जलाधार व्यवस्थापनमार्फत वातावरणीय सन्तुलन कायम गरिने बताए । उनले भने, ‘वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट विनियोजन गरिएको छ । वन सम्पदाको दिगो उपयोग, वनजन्य उद्यम विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाइनेछ ।’ 

संरक्षित क्षेत्र र सामुदायिक वनलाई पर्यापर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उल्लेख छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत संघ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षणको गुरुयोजना कार्यान्वयन गरिने अर्थमन्त्री महतले बताए । 

Logo