#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20237890737866639978713100237
नेपाल2331079673816493

अचम्मको सनक : एक राजाका ३ सय ६५ जना रानी

हिजोआज मानिसले एकभन्दा बढी विवाह गर्ने सोच्न पनि कठिन छ किनभने यो गैरकानुनी हुन्छ । एकभन्दा धेरै विवाह गर्नुलाई कानूनले नै निषेध गरेको छ । यद्यपि पत्नी वा पतिसँग सम्बन्धविच्छेद भइसकेको अवस्थामा भने अर्को विवाह गर्न वाधा हुँदैन । बहुविवाह गर्न कानुनले दिँदैन ।

कुनै समय यस्तो पनि थियो जतिखेर पुरुषलाई बहुविवाह गर्ने छुट नै थियो । ‘मर्दकी दशोटी’ भन्ने उखानलाई चरितार्थ गर्न हरकोही पुरुष उद्यत रहन्थे । अझ राजामहाराजाहरूको त कुरै बेग्लै । उनीहरूले वैध रूपमै सयौँ रानी राखेका हुन्थे भने अवैध वा रखौटीहरूको त गिन्ती नै हुँदैनथ्यो । आजभन्दा सय डेढ सय वर्षअघिसम्म पनि यस्तो प्रचलन सामान्य नै थियो ।

प्रसंग हो, भारतको पटियाला राज्यका महाराज भूपेन्द्र सिंहको । उनका ३ सय ६५ जना रानी थिए । अहिले यो कुरो कसैलाई पत्यार नलाग्न सक्छ त कसैलाई आश्चर्य लाग्न पनि सक्छ तर श्रीकृष्णका १६ हजार १ सय ८ जना रानी थिए भनेर पढिरहेकाहरूलाई भने सामान्य पनि लाग्न सक्छ ।

पटियालामा भूपेन्द्र सिंहले सन् १९०० बाट १९३८ सम्म राज्य गरेका थिए । यस दौरान उनले केही ठूल्ठूला फैसलाहरू पनि गरेका थिए । तिनै राजाका ३ सय ६५ जना रानी थिए र ती रानीहरूका लागि उनले अलग–अलग महलसमेत बनाइदिएका थिए । तीमध्ये हरेक एकजना रानीले राजाको साथ पाउन क्रमैसँग हुने हो भने पनि एक वर्षपछि मात्र पालो पाउँथे तर त्यस्तो थिएन । राजाले कुन रानीसँग रात बिताउने भन्ने कुराको निर्णय अचम्मलाग्दो तरिकाले गर्थे ।

राजाले महलमा आफ्ना ३ सय ६५ जना रानीका लागि बेग्लाबेग्लै लालटिन बाल्ने गर्थे । ती फरक लालटिनहरूमा एक एकजना रानीहरूको नाम लेखिएको हुन्थ्यो । ती लालटिनहरूलाई रातभर बालिन्थ्यो । बिहान हुनैलाग्दा लालटिनहरू निभ्दै जान्थे । सबैभन्दा पहिले जुन लालटिन निभ्थ्यो, त्यस लालटिनमा लेखिएको नाम राजाले पढ्थे र त्यहाँ जसको नाम हुन्थ्यो तिनै रानीका साथ राजाले अर्को रात बिताउँथे । छैन त अचम्मको सनक ! एजेन्सी

सम्बन्धित समाचारहरु

ताजा समाचार