प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन आह्वान

प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन आह्वान


प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरीको आह्वान गरिएको छ।

मङ्गलवार बिहान बसेको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा सिफारिस कार्कीविरुद्ध उजुरी वा सूचना दिन आह्वान गरेको हो। समितिको कार्यविधिअनुसार संवैधानिक परिषद्बाट प्रस्तावित व्यक्तिको सिफारिसबारे सर्वसाधारणलाई जानकारी दिने र कुनै सूचना वा उजुरी दिन आह्वान गरिएको हो।

समिति सभापति ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उजुरी आह्वानको सूचना प्रकाशित गर्न संसद् सचिवालयलाई निर्देशन दिए। समितिले १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ।

१० दिनको समय दिएर उजुरी आह्वान भएसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ। कार्कीविरूद्व लिखित वा इमेलमार्फत उजुरी दिन सकिनेछ।

Skip This
Logo