प्रधानन्यायाधीशको सुनुवाइ चाँडो टुंग्याउन सभामुख घिमिरेको माग

प्रधानन्यायाधीशको सुनुवाइ चाँडो टुंग्याउन सभामुख घिमिरेको माग


प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ विशेष समितिले इमान्दारितापूर्वक काम गर्नुपर्ने धारणा राखेका छन्। 

मंगलबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको समितिको पहिलो बैठकमा उनले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको विषय चाँडो टुंग्याउन माग गरेका हुन्। उनले भने, ‘धेरै समय पश्चात समितिले पुर्णता पाएको छ। समितिको सभापति छान्ने बिषय बाँकी नै छ। प्रधानन्यायधिश नियुक्तिको बिषय लामो समयदेखि अघि बढ्न सकेको छैन। यो बिषयलाई समितिले छिटो भन्दा छिटो सम्पन्न गरेर जिम्मेवारि निर्वाह गर्न सकोस्।’

सभामुख घिमिरेले कामु प्रधानन्यायाधीश कार्कीको व्यक्तिगत विवरणको प्रतिलिपि समिति सदस्यहरुलाई वितरण गर्न सचिवालयलाई निर्देशनसमेत दिएका छन्। 

कार्की गत  २५ वैशाखमा संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस भएका थिए। सार्वजनिक सुनुवाइका लागि २७ वैशाख संसद् सचिवालयलाई जानकारी गराइएको थियो ।

Logo