उपप्रधानमन्त्री चढेको हेलिकप्टर पाल्पामा आकस्मिक अवतरण

पाल्पा ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चढेको सैनिक हेलिकप्टर शुक्रबार पाल्पामा आकस्मिक अवतरण भएको छ । रुपन्देहीको बुटबलमा अवतरण हुनुपर्ने सो हेलिकप्टर मौसमको खराबीका कारण पाल्पामा अवतरण भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए ।

शनिबार रुपन्देही जिल्लास्थित नेपाली सेनाको मध्यपश्चिम पृतनाको कार्यक्रममा सहभागी हुन रक्षामन्त्री पोखरेल बुटबल प्रस्थान गरेका थिए । हेलिकप्टर पाल्पा तानसेनमा अवतरण भएपछि मन्त्री पोखरेल गाडीमा बुटबलतर्फ गएका छन् ।
रासस

उपप्रधानमन्त्री चढेको हेलिकप्टर पाल्पामा आकस्मिक अवतरण