#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18743974705221608322011955533
नेपाल2139060617415156

चुनावका बेला मतदातासँग गरेका वाचा पूरा गर्छौं : मन्त्री मगर

कञ्चनपुर ।
खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पूरा हुँदै जान थालेको बताएकि छिन् ।

शुक्रबार कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुईमा त्रिपुरासुन्दरी मन्दिरको शिलालेखको अनावरण गर्दै उनले नागरिकको जीवनस्तरमा सकारात्मक सुधार ल्याउनका लागि सरकार प्रयत्नशील रहेको बताइन् । सडक, स्वास्थ्य, शिक्षामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गरिने बताइन् । “जिल्लाको दक्षिणी क्षेत्रका नागरिकलाई विकासको मूलधारमा ल्याउन प्रयत्नशील छौं”, उनले भनिन् “यसका लागि काम अगाडि बढाइएका छन् ।”

यसैबीच मन्त्री मगरले भीमदत्त नगरपालिका– ८ मा २८ करोडको लागतमा निर्माण हुने खानेपानी आयोजनाको शिलान्यास गरेकि छिन् । सो अवसरमा उनले सबै नागरिकलाई शुद्ध पिउने पानी उपलव्ध गराउने सरकारको दायित्व भएको बताइन् ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार