बजेट प्रभावः मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट

बजेट प्रभावः मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट


अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको २०८०/८१ को बजेट सार्वजनिक गर्दै आर्थिक विधेयकमा एफपीओको प्रिमियम र मर्जर एक्विजिसनको लाभमा कर तिर्नुपर्ने कर तिर्नेलाई शुल्क तथा ब्याजमाछुट दिने निर्णय व्यवस्था गरे । त्यसको प्रभाव मंगलबारको सेयर बजारमा देखिएको छ । 

मंगलबार सुरुवाती चरणबाट नै घटेको सेयर बजार ५३ दशमलव १६ अंकले घटेर बन्द भएको छ  । सेयर बजार घटेकोबारे अर्थमन्त्री डा. महत भने लगानीकर्ताहरुले नबुझेका कारण यस्तो भएको बताउँछन् । उनले मंगलबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । 

कारोबार रकम भने साढे २ अर्ब नाघेको छ । मंगलबार २ अर्ब ३४ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । मंगलबार कारोबार भएका ९ कम्पनीको सेयरमूल्य बढेको छ भने २०७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।     

मंगलबार २ कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ८१८ दशमलव ६० रुपैयाँ पुगेको छ भने विपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर प्रतिकित्ता ३७२ दशमलव ४० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको मंगलबार २१ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

Logo