#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
पोखरा ।गण्डकी प्रदेशमा माघे सक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ । पुस २४ गते पोखरामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।मन्त्रिपरिषद् बैठकको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रवक्ता बस्नेतले बिदाको निर्णयसहित विभिन्न आठ वटा निर्णय गरेको बताए । बैठकले प्रदेश दुग्ध विकास बोर्डको सदस्यसचिवमा ग्रिष्म न्यौपानेलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।त्यस्तै बैठकले कर्मचारीको पदस्थापन तथा सरुवा सम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्ने, प्रदेश समन्वय परिषद्को बैठक खर्चको रकमान्तर स्वीकृत र खर्च गर्ने, होमस्टे (घरवास) सञ्चालन र व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिने लगायतका निर्णय गरेको उनले जानकारी दिए । गण्डकी प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धी विधेयक स्वीकृत गर्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको बस्नेतले जानकारी गराए । रासस

गण्डकी प्रदेश : माघे सक्रान्तिमा सार्वजनिक बिदा

पोखरा ।

गण्डकी प्रदेशमा माघे सक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ । पुस २४ गते पोखरामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रवक्ता बस्नेतले बिदाको निर्णयसहित विभिन्न आठ वटा निर्णय गरेको बताए । बैठकले प्रदेश दुग्ध विकास बोर्डको सदस्यसचिवमा ग्रिष्म न्यौपानेलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले कर्मचारीको पदस्थापन तथा सरुवा सम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्ने, प्रदेश समन्वय परिषद्को बैठक खर्चको रकमान्तर स्वीकृत र खर्च गर्ने, होमस्टे (घरवास) सञ्चालन र व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिने लगायतका निर्णय गरेको उनले जानकारी दिए । गण्डकी प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धी विधेयक स्वीकृत गर्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको बस्नेतले जानकारी गराए ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार