विश्वका १२१ करोड हिन्दुहरुलाई पशुपतिनाथको दर्शन गराउँछाैँ -ज्ञानेन्द्र शाही

विश्वका १२१ करोड हिन्दुहरुलाई पशुपतिनाथको दर्शन गराउँछाैँ -ज्ञानेन्द्र शाही


राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आएका भारतीय तिर्थयात्रीलाई स्वागत गरेका छन् । 

काठमाडौंको तिलगंगामा मंगलबार आयोजित एक कार्यक्रममा प्रवक्ता शाहीले भारतको गुजरातबाट आएका तिर्थयात्रीलाई स्वागत गरेका हुन् ।

नेपाली भाषामा सम्बोधन गर्दै प्रतिनिधि सभाका सदस्यसमेत रहेका शाहीले भने, ‘नेपाल यस्तो देश हो जहाँ जन्मेका मानिसले संसारभर ज्योति फैलाउँछ । ३३ कोटीको वासस्थान नेपाल हो, भगवान गौतम बुद्धको जन्मभूमी हो । माता सिताको जन्मभूमी हो नेपाल । गुरु वेदव्यास पनि यही हुनुहुन्छ । विश्वकै हिन्दुहरुको आराधना केन्द्रमा तपाईंहरुलाई स्वागत छ ।’ 

नेपाललाई वैदिक सनातनको देश बनाउने पर्ने भन्दै उनले विश्वका १२१ करोड हिन्दु धर्मावलम्वीहरुलाई पशुपतिनाथको दर्शन गराउन लागि परेको पनि बताएका छन् । नेपालमा ९७ प्रतिशत हिन्दु धर्मावलम्वी भएता पनि धर्मनिरपेक्ष राष्ट्र भएकोमा उनले असन्तुष्टी पोखेका छन् । तर, आफूहरु नेपाललाई हिन्दु राष्ट्र निर्माणको लागि अघि बढेको र सबैले साथ दिनुपर्ने उनको भनाई छ । 

Logo