सन्दीप लामिछानेले अफ्रिका भ्रमणमा जाने टोलीलाई दिए शुभकामना

सन्दीप लामिछानेले अफ्रिका भ्रमणमा जाने टोलीलाई दिए शुभकामना


क्रिकेटर सन्दीप लामिछाने आफू टोलीसँग दक्षिण अफ्रिका भ्रमणमा नजाने भएपछि टोलीलाई सुखद यात्राका लागि शुभकामना दिएका छन् । मंगलबार(आज) पनि जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दाको अन्तिम सुनुवाइ नआएपछि निराश भएका सन्दीपले दक्षिण अफ्रिका भ्रमण नगर्ने घोषणा गरेका छन् । 

उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् ‘मलाई तपाईंहरू र तपाईंको क्षमताहरूमा पूर्ण विश्वास छ। तपाईहरु सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वसामु आफ्नो क्षमता देखाउनुभएको छ । फेरी तपाईहरु सामु आफ्नो क्षमताप्रति विश्वास गर्ने समय आएको छ । तपाईहरु जहाँ जानु भए पनि आफ्नो उत्कृष्ट दिनुहोला । सफल टोली र सुरक्षित यात्राको शुभकामना। 

नेपाली टोली अन्तिम तयारीको लागि मंगलबार (आज) बेलुकी दक्षिण अफ्रिका जानेछ । सो क्रममा नेपालले नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान र युएईसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालको टोली-

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

Logo