सुर्खेत लगियो कार दुर्घटनामा मृत्यु भएकी सञ्जु खड्काको शव

सुर्खेत लगियो कार दुर्घटनामा मृत्यु भएकी सञ्जु खड्काको शव


सवारी दुर्घटनामा ज्यान गुमाएकी डाक्टर सञ्जु खाती खड्काको शव सुर्खेत लगिएको छ। मंगलबार काठमाडौंबाट घर जाँदै गरेकी उनको कार दुर्घटनामा परी मृत्यु भएको थियो।

 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले सञ्जुको शव गएराति गृह जिल्ला सुर्खेत पुर्‍याइएको जानकारी दिए।

मंगलबार साँझ ५ बजे उनी सवार बा १३ च ८२५३ नम्बरको  कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका-८ मगुवा खोला नजिकै मे १ ख  ३३३५ नम्बरको बसले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी सञ्जुको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। चालक  आँपिपल, गोरखाका ३७ बर्षीय  सुवास अधिकारीको शव भने अस्पतालमै रहेको छ।

Logo