#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व134966074816988180286664
नेपाल9081

झापामा पृथ्वीजयन्तीको सार्वजनिक बिदा

झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन् । हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिएका हुन् ।

नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए । “सार्वभौम सम्पन्न नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान उच्च छ”, उनले भने, “राष्ट्रिय उत्सव भएकाले पनि बिदा दिइएको हो ।”

त्यस्तै, झापाको कचनकवल गाउँपालिकाले पनि पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको बैठकबाट निर्णय गरेर राष्ट्र निर्माताको सम्मान एवं जयन्ती मनाउन गाउँपालिकामा बिदा दिइएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए ।

सम्बन्धित समाचारहरु