सर्वोच्च अदालत राजनीतिबाट प्रभावित भयो: अधिवक्ता श्रेष्ठ

सर्वोच्च अदालत राजनीतिबाट प्रभावित भयो: अधिवक्ता श्रेष्ठ


सत्य र न्यायको खोजी अभियानले रिट निवेदन दर्ता र दरपिठ नगरी १० दिनसम्म पेण्डिङ्ग राखिएको भन्दै विरोध जनाएको छ। 

संवैधानिक परिषद्को गैरकानूनी कार्यका विरुद्धमा दिएको रिट निवेदन पेण्डिङ राखिएको भन्दै अभियानका सदस्यहरुले बुधबार नेपाल बार एसोसिएसनको प्राङ्गणमा विरोध जनाएका हुन्। 

विरोधको क्रममा पत्रकारहरुसंग कुराकानी गर्दै अधिवक्ता ध्रुवलाल श्रेष्ठले सर्वोच्च अदालत राजनीतिबाट प्रभावित भएको आरोप लगाए। उनले भने ‘सर्वोच्च अदालत राजनीतिबाट प्रभावित छ। यो नियुक्ति र सिफारिस कसरी हुन सक्छ। यसको कुनै आधार छैन। प्रधानमन्त्रीलाई हालेको मुद्धा विचाराधीन छ। जेष्ठ ७ गते आइतबार पेश गर्नु भएको रिट निवेदन दर्ता पनि नगरी र दरपिठ पनि नगरी १० दिनसम्म पेण्डिङ्ग राखिएको छ। यो सबै राजनीतिक सेटिङमा भएको नियुक्तिको परिणाम हो।’

अधिवक्ता श्रेष्ठले न्यायलय गैर जिम्मेवारी भएको टिप्पणी गरे। उनले २०७९ चैत १६ गते  दर्ता भएको मुद्धा सुनुवाई पनि हुन नसकेको बताए। 
 

Logo