कानून अनुसार देश नचलेको अध्यक्ष ओलीको टिप्पणी

कानून अनुसार देश नचलेको अध्यक्ष ओलीको टिप्पणी


नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश कानून अनुसार नचलेको टिप्पणी गरेका छन् । 

बुधबार काठमाडौंमा आयोजीत पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले संविधान पढेकाहरुले देशलाई समस्यामा पु-याएको समेत टिप्पणी गरेका हुन् । 

‘पुलिसको हत्कडीले जेल, कानूनले समाज चलिरहको छैन । यो राज्यलाई नियन्त्रण गर्न बनाइएका चिजहरु हुन् । जनतालाई नियन्त्रण गर्नका लागि होइन । जनताले त संविधान पढेका छैनन्, कहिले संविधान बेच्दैनन् ।’ उनले भने ‘अचम्मको कुरा त्यो छ , जो संविधान पढेको पढै छ त्यसैले बेच्छ ।’

राज्य संयन्त्रको महत्वपूर्ण ठाउँमा पुग्नेहरुलाई एउटा भन्ने अर्को गर्ने बानी परेको हुन्छ भन्दै अध्यक्ष ओलीले खराब व्यक्तिका कारण आम नागरिकले दुःख पाउने गरेको टिप्पणी गरे । 

Logo