ज्ञान भूमिलाई छल भूमि बनाइयोः अध्यक्ष ओली

ज्ञान भूमिलाई छल भूमि बनाइयोः अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाललाई ढाँट र छलहरुको देश बनाइएको टिप्पणी गरेका छन् । 

च्यासलमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपाल ज्ञानको भूमि भएपनि, अहिले ढाँट छलफलहरुको भूमि बनाइएको टिप्पणी गरेका हुन् । ‘ज्ञानको भूमिलाई अहिले अज्ञानता, अराजकता र सभ्यता नभएको भूमि, ढाँट छलहरुको राज भएको भुमि बनाइएको छ ।’ उनले भने, ‘यो त हामीले र हाम्रो सन्तानले भोग्नु पर्छ । युवाहरुले धेरै भोग्नुपर्छ । भोली अर्को पुस्ताले भोग्दै जानुपर्छ।’

नियतबस नराम्रो काम गर्नेहरुका कारण मुलुक समस्यामा परेको टिप्पणी गरेका उनले आफूले नराम्रो गर्ने र अरुलाई पनि नराम्रो बनाउने काम भइरहेको बताए । 
 
अध्यक्ष ओलीले खराब नेतृत्वकै कारण देशभक्तिमा समेत विचलन देखिएको बताए । ‘यस्ता व्यक्ति राज्य सत्तासंचालनका महत्वपुर्ण ठाउँमा बसेकाहरु एकथोक भन्ने अर्कोथोक गर्नेहरु सबैभन्दा खतरनाक हुन्छन् । देश त्यसैगरी विग्रिँदै छ । विद्यालयमा देश भक्ति पढाईन्छ तर हाम्रो देशमा अरु देशको भक्ति पढाईन्छ ।’ 

Logo