अमेरिकामा फिल्म जारीपछि ‘नाङ्गो गाउँ’ले राख्यो रेकर्ड

अमेरिकामा फिल्म जारीपछि ‘नाङ्गो गाउँ’ले राख्यो रेकर्ड


आगामी भदौ २९ गतेबाट रिलिजमा हुने फिल्म ‘नाङ्गो गाउँ’ अमेरिका र क्यानडाका २२ भन्दा बढी राज्यका ५० बढी सहरमा प्रदर्शन हुने भएको छ ।

फिल्मलाई अमेरिका र क्यानडामा नेपाल इलेभेनले रिलिज गर्दैछ । नेपाल इलेभेनका प्याट्रिक सुवेदीले दिएको जानकारी अनुसार अहिलेसम्म अमेरिकामा मात्र ४ सय भन्दा बढी शोको टुंगो लागिसकेको छ । 

उनले शोको संख्या थपिने क्रम जारी रहेको बताए । फिल्म ‘जारी’पछि अमेरिकामा सबैभन्दा बढी माग भएको फिल्ममा ‘नाङ्गो गाउँ’ रहेको सुवेदीले जानकारी गराए । अमेरिकाका लागि यो एउटा रेकर्ड नै भएको उनले दाबी गरे ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ ।

Logo