सार्वजनिक लेखा समितिमा १२१ उजुरी विचाराधीनः पुराना फाइल खोल्ने सभापति केसीको चेतावनी

सार्वजनिक लेखा समितिमा १२१ उजुरी विचाराधीनः पुराना फाइल खोल्ने सभापति केसीको चेतावनी


सार्वजनिक लेखा समितिका सभापति अर्जुननरसिंह केसीले समितिमा विचाराधीन फाइल खेल्ने चेतावनी दिएका छन् । 

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति केसीले समितिमा हालसम्म १२१ वटा उजुरी विचाराधीन रहेको भन्दै त्यसमाथि अनुसन्धान अघि बढाउने बताएका हुन् । 

‘१२१ वटा सबै फाइलहरू माननीय सदस्यहरूले पढ्नुस् । हामीलाई कसैले रोकेर रोक्न नसक्ने अधिकार हुँदा पनि हामीलाई रोक्न खोज्ने कुराप्रति हाम्रो आपत्ति छ । १२१ वटा फाइल सबै माननीयहरूमा पुगोस् भन्ने मेरो चाहना थियो, त्यो पुगेको छ, यहाँहरूले त्यसलाई अध्ययन गर्नुस्, आवश्यकता अनुसार छलफलका लागि प्रस्ताव गर्नुस् ।’

सभापति केसीले समितिमा स्वतन्त्रतापूर्वक आफ्नो भूमिका निर्वाह गर्न सत्तापक्ष, प्रतिपक्ष नभई काम गर्न निर्देशनसमेत दिएका छन् । 

Logo